खुकुरी रमले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा अनलाइन मार्फत कन्सर्ट गर्दै

काठमाडौं । नेपाली संगीतको प्रवर्द्धन गर्ने र संगीत प्रेमीहरुमाझ लय एवम् सूरहरु पेश गर्ने उद्देश्यका साथ खुकुरी रमले नयाँ वर्ष सन् २०२१ को भव्यतापूर्वक प्रारम्भ गर्ने भएको छ ।

रमले सन् २०२१ को पहिलो दिन जनवरी १ तारिखमा बृहत् अनलाइन् कन्सर्टको आयोजना गर्न लागेको हो । कन्सर्टमा समृद्धि राई, सविन राई, विपुल क्षेत्रीलगायतका कलाकारहरुको प्रस्तुति रहने रमले जनाएको छ ।

नेपाली संगीतका पारखीहरुले यो कन्सर्टलाई खुकुरी युट्युब च्यानल र डिस होममार्फत् हेर्न सक्ने रमले जनाएको छ । साथै उक्त कन्सर्टमा नयाँ प्रतिभाहरुको खोजीमा आयोजित खुकुरी म्युजिक नेशन प्रतियोगिताका शीर्ष १६ प्रतियोगीहरुलाई प्रस्तुत गरिनेछ । उनीहरुको चयन क्षेत्री र राईद्वयकै निर्णायक मण्डलबाट हुनेछ ।

मञ्चबाट नेपाली संगीतको विविधतालाई प्रवर्द्धन गर्नु खुकुरी रमको प्राथमिकता रहेको बताइएको छ ।

प्रतिक्रिया