विक्रि पछिको सर्भिसमा ध्यान दिँदै मोटरहेड

काठमाडौं । दुइ पाङ्ग्रे सवारीमा फरक ब्राण्डका रुपमा उदाएको मोटरहेड ब्राण्डका मोटरसाइकल तथा स्पेयर्स पार्टसको नेपालको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि. ले सर्भिस सेन्टर विस्तारमा जोड दिएको छ ।

एसएलआर टेक्नो एण्ड ट्रेडले बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै अत्याधुनिक सुविधा सम्पन्न सर्भिस सेन्टरहरु विस्तार गरिएकोे जनाएको छ ।

एसएलआर टेक्नो एण्ड ट्रेडका जनरल म्यानेजर उज्ज्वल जोशीले उपत्यकाभित्रका ३ ठाउँमा सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना गरिसकेको बताए । ‘हामीले मोटरसाइकल विक्रिपछिको सर्भिसलाई प्राथमिकतामा राखेका छौं । अहिले ललितपुरको धोविघाट, काठमाडौंको बालाजू र भक्तपुरको सल्लाघारीमा सर्भिस सेन्टर स्थापना भएको छ ।’ जोशीले भने । कम्पनीले निकट समयमै चावहिल मित्रपार्कमा पनि सुविधा सम्पन्न सर्भिस सेन्टर खोल्ने भएको छ ।

जोशीका अनुसार कम्पनीले दक्ष मेकानिक तथा सर्भिस इन्जिनियरको टिमबाट मोटरहेड बाइकहरुलाई सर्भिसिङ सेवा दिइरहेको छ । ‘आधुनिक प्रविधिबाट सर्भिसिङ सेवा प्रदान गरिरहेका छौं । मोटरहेडका ग्राहकलाई बिक्री पछि स्तरीय सेवा प्रदान गर्ने लक्ष्यमा हामी सफल छौं ।’ उनले भने ।

कोरोना महामारीको विषम परिस्थितिमा पनि कम्पनीले सर्भिस सेन्टर विस्तारमा जोड दिइरहेको छ । कतिपय कम्पनीले विक्रिपछिको सेवालाई प्राथमिकता नदिँदा उपभोक्ताहरुले विभिन्न सास्ती खेपिरहेका हुन्छन् । मोटरहेडले भने शुरुका दिनदेखिनै विक्रि पछिको सर्भिस सेवालाई उच्च प्राथमिकतामा राखेको छ ।

मोटरहेडका बाइकहरु अफ रोड र पिच दुवै सडकका लागि उपयुक्त छन् । मोटरहेडका डट बाइकदेखि स्क्र्याम्ब्लर तथा क्रस ओभर गरी ३ सेगमेन्टमा ७ वटा मोडलहरु नेपाली बजारमा उपलब्ध छन् ।

मोटरहेडका २ लाख ८८ हजार रुपैयाँदेखि ४ लाख ५० हजारसम्मका बाइकहरु छन् । मोटरहेडका टेक्कन २५०, एमएच २००, स्क्र्याम्ब्लर २५० र स्पोर्टस २५० बाइक रोड र अफरोड भर्सनमा उपलब्ध छन् ।

राम्रो ब्राण्डका बाइकहरु तुलनात्मक रुपमा सस्तो मूल्यमा नेपाली बजारमा आएकोले उपभोक्ताहरु मोटरहेडका बाइकहरुबाट अत्यन्त सन्तुष्ठ रहेको पाइएको छ ।

मोटरहेडका डिलरहरु पोखरा, चितवन, विरगञ्ज, बागलुङ, दाङ, सुर्खेत, नेपालगञ्ज, इटहरीमा तथा काठमाडौंको टेकु, मित्रपार्क, बनेपा लगायतमा रहेका छन् ।

प्रतिक्रिया