कांग्रेस सभापति देउवाले भने- ‘आन्दोलन गरेर अदालतलाई तर्साउनु हुँदैन’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलन गरेर अदालतलाई तर्साउन नहुने बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा संसद विघटनबारे धारणा राख्दै सभापति देउवाले साे कुरा उल्लेख गरेका हुन् ।

कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संसद विघटन गरी चुनाव घोषणा गरेर असंवैधानिक काम गर्नुभयाे । उहाँकाे कदम अलाेकतान्त्रिक, अप्रजातान्त्रिक छ । तर आन्दोलन गरेर हामीले अदालतलाई तर्साउनु हुँदैन ।’

अदालतकाे विचाराधीन मुद्दामा प्रभाव पार्ने किसिमले आन्दोलनमार्फत् यसो गर, उसो गर, भन्दै धम्क्याउनु तर्साउनु उचित नहुने उनकाे भनाइ छ । अदालतको निर्णयलाई पर्खनुपर्ने उनी बताउँछन् ।

प्रतिक्रिया