रचना र गणेशको ‘तिमीलाई देखेपछि’ बजारमा (भिडियोसहित)

काठमाडौं । छोटो समयमा नै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो फरक पहिचान बनाउँन सफल गायिका रचना रिमालको स्वरमा रहेको ‘तिमीलाई देखेपछि’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा निरायु गौतमको शब्द एवम् स्वर रहेको छ भने, ओम सुनारको संगीत रहेको छ ।

उक्त गीतको भिडियोमा अभिनेता गणेश गिरी, निरायु गौतम र जाबे रिया केसीलाई फ़िचरिङ्ग गरिएको छ । त्यसै सुशान्त श्रेष्ठ ,अस्मिन घिमिरे र निसु आइडुको पनि भिडियोमा अभिनय रहेको छ ।

गणेश गिरीको निर्देशन रहेको गीतको भिडियोलाई चितवनको सौराहा ,नारायणघाट लगायतको ठाउँमा छायाँकन गरिएको हो। निर्देशक गिरीले यस अघि पञ्चायत ,कोपिला लगायतको चलचित्र निर्माण गरिसकेका छन् भने बर्बाद ,आगो २ ,पञ्चायत, कोपिला लगायतको चलचित्रमा अभिनय पनि गरिसकेका छन् ।

उनी अभिनित म यस्तो गीत गाउछु २ रिलिजको तयारीमा रहेको छ । गिरीले यसै भिडियो मार्फत म्युजिक भिडियो निर्देशकमा हात हालेका हुन् । सौरभ लामाको छायाँकन रहेको सार्वजनिक भिडियोलाई गौतम राज खड्काले सम्पादन गरेका हुन् ।

भिडियो यहाँ हेर्न सकिन्छ:

प्रतिक्रिया