पूर्णकला र बद्रीको ‘गुन्द्री पराल’ मा लोमश र आयुष्माको अभिनय

काठमाडौं । लोकप्रिय गायिका पूर्णकला बिसी र बद्री सापकोटाको स्वरमा सजिएको लोकदोहोरी गीत ‘गुन्द्री पराल’ सार्वजनिक भएको छ । उक्त गीतलाई आशिष म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हाे ।

उक्त गीतमा शम्भु सापकोटाको शब्द, बद्री सापकोटाको संगीत र कृष्ण बिक ‘भान्जा’को एरेञ्ज रहेको छ । गीतको भिडियो रोधी गाउनको लागि गाइने शैलीमा तयार पारिएको छ । जसमा मोडलद्धय लोमश शर्मा र आयुष्मा कार्कीलगायतको अभिनय देख्न सकिन्छ।

निर्देशक स्मृति तिमिल्सेना ‘गुरुआमा’को निर्देशन रहेको भिडियोमा सुरेश श्रेष्ठको छायाँकन रहेको छ । जसलाई प्रकाश धमलाको सम्पादन गरेका छन् ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया