प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा उक्लियो

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वोल्भरहम्पटनलाई १-० गोल अन्तरले पराजित गरेको छ । युनाइटेडका लागि मार्कोस राशफोर्डले खेलको ९३औ मिनेटमा गोल गर्दै जित दिलाएका थिए ।

यो जितपछि युनाइटेड लिगको दोस्रो स्थानमा पुगेको छ । युनाइटेडको १५ खेलमा ३० अंकसहित दोस्रो स्थानमा पुगेको हो । शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा युनाइटेड २ अंकले पछाडी रहेको छ । त्यस्तै वोल्भरहम्पटनको १६ खेलमा २१ अंक रहेको छ र लिगमा १२औ स्थानमा रहेको छ ।

त्यस्तै गएराती भएको सम्पन्न खेलमा आर्सनल विजयी भएको छ । आर्सनलले ब्राइटनलाई १-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलका लागि अलेक्जेन्डर लेकाजेटले खेलको ६६औ मिनेटमा गोल गरेका थिए ।

यो जितपछि आर्सनलको १६ खेलमा २० अंक भएको छ भने लिगको १३औ स्थानमा उक्लिएको छ । त्यस्तै ब्राइटनको १६ खेलमा १३ अंक रहेको छ र लिगमा १७औ स्थानमा रहेको छ ।

प्रतिक्रिया