नायिका वर्षा सिवाकोटी स्किन सिटिको सिइओ

काठमाडौं । चलचित्र ‘नाई नभन्नु ल २’ बाट नेपाली रजतपटमा प्रबेश गरेकी नायिका वर्षा सिवाकोटी नेपाल मेडिसिटी हस्पिटल अन्तर्गत रहेको स्किन सिटीको सिइओमा नियुक्त भएकी छिन् ।

भर्खरै मात्र चलचित्र ‘प्रदेसी २’ को छायाँकन सकेकी सिवाकोटी अभिनय यात्रा सँगसँगै व्यापारिक क्षेत्रमा पनि पाइला चालेकी छिन् । सिवाकोटीले चलचित्र क्षेत्रबाट समाजलाई केहि न केहि योगदान दिएको बताएकी छिन् ।

छाला, कपाल तथा नङसँग सम्बन्धित काम हुने स्किन सिटीलाई उचाइमा लैजाने दायित्व आफूसँग रहेको सिवाकोटीले जारी गरेको विज्ञप्तीमा भनेकी छिन् । भैसेपाटीमा रहेको स्किन सिटीलाई विस्तारै विभिन्न स्थानमा शाखा विस्तार गर्ने उनको योजना रहेको छ । स्किन सिटीमा आफ्नो केही शेयर रहेको समेत उनले बताएकी छिन् ।

विज्ञप्तीमा हरेक मानिसको सौन्दर्यले आत्मविश्वास बढ्ने भएकाले स्किन सिटीमा अत्याधुनिक मेसिनबाट छाला, कपाल र नङ् सम्बन्धित समस्याको खोज र समाधानमा अनुभवी डाक्टरबाट उपचार हुने सिवाकोटीले उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया