ओलीको शासन पनि ढल्छ : अष्टलक्ष्मी शाक्य
२०७७ पुस १४ गते

|नेकपा नेतृ अष्टलक्ष्मी शाक्य। तस्वीरः फाइल|
काठमाडौं । सत्तारूढ नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीको शासन पनि ढल्ने बताएका छिन् ।
काठमाडाैंकाे प्रदर्शनी मार्गमा भइरहेकाे विराेध सभालाई सम्बाेधन गर्दै दाहाल-नेपाल पक्षकी नेतृ शाक्यले यस्ताे बताएकी हुन् ।
उनले भनेकी छिन् – ‘प्रधानमन्त्री ओलीले संविधान माथि कू गरेर जनताको अधिकार खाेस्नु भएकाे छ । अब उहाँकाे शासन पनि ढल्छ । हामी राजाविरुद्ध सडकमा ओर्लिएका थियौँ । अहिले ओलीविरुद्ध सडकमा छौं । जनताको शक्तिको अघि कस्ता कस्ता तानाशाह त ढले भने ओली कसरी रहन्छन् ?’
संविधान निर्माणपछि राजनीतिक स्थायित्व कायम हुन्छ, गण्तन्त्र नेपाल बलियो हुन्छ भनेर जनताले नेकपालाई अभिमत दिएकाेमा प्रम ओलीले जनताको विश्वास तोडेको उनकाे भनाइ छ ।
२०७७ पुस १४ गते
प्रतिक्रिया
सम्बन्धित








