संविधान विरोधीलाई असफल पार्न जनता संघर्षका लागि तयार छन् : नारायणकाजी श्रेष्ठ

काठमाडौं । सत्तारूढ नेकपाका नेता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्र विरोधीलाई असफल गर्न जनता संघर्ष गर्न तयार रहेकाे बताएका छन् ।

राजधानीमा मंगलबार आयोजित विराेध सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र प्रतिगामी कदम विरुद्ध जनता सडकमा ओर्लिएको बताएका हुन् ।

नेता श्रेष्ठले भने, ‘संविधान र लोकतन्त्र विरोधीलाई असफल गर्न जनता संघर्ष गर्न तयार छन् । सरकारको असंवैधानिक कदमलाई असफल पार्न अब एकताबद्ध भएर जान जाऔँ । प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म संघर्ष जारी रहन्छ ।’

प्रतिक्रिया