सुरु भयो ‘हिँड्दा हिँड्दै’ को छायाँकन

काठमाडौं । बिगत नौ महिनासम्मको लामो बन्दाबन्दीपछि अहिले भने धमाधम चलचित्रकाे छायाँकन भइरहेका छन् । सरकारले मंसिर अन्तीमदेखि चलचित्र छायाँकनको अनुमति दिएपछि आजबाट चलचित्र ‘हिड्दा हिड्दै’ को छायाँकन सुरु गरिएको छ ।

उक्त चलचित्रको छायाँकन भने, गोदावरीबाट सुरु भएको हो । चलचित्रको गत असोजमा शुभमुर्हत गरिएको थियो ।
अभिनेताद्वय आकाश श्रेष्ठ र सलोन बस्नेतको मुख्य भूमिका रहने चलचित्र प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको हो ।

चलचित्रमा विकास थापा मगर, विवेक रामदाम, ममता पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहनेछ भने,यही चलचित्रबाट रेखा शाहले नेपाली रजतपटमा डेब्यू गर्दैछिन् ।

उक्त चलचित्रमा प्रमोद कुमार तामाङ, राजकुमार थिङ र पारस गुरुङ निर्माता रहेका छन् भने, महादेव शाही सह–निर्माता रहेका छन् । चलचित्रको काठमाडौं र गाईघाटमा छायाँकन हुने भएको छ । उक्त चलचित्रलाई सुमन तन्डुकारले खिच्ने भएका छन् ।

प्रतिक्रिया