नेत्र भण्डारीको मर्मस्पर्शी गीत ‘ए पापिनी’ बजारमा (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायक नेत्र भण्डारी र नलिमा परियारको कर्णप्रिय स्वरमा सजिएको ‘ए पापिनी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतलाई रिजन नेपालको च्यानलबाट सार्वजनिक गरिएको हाे ।

सर्जक रमेश परियारको शब्द एवम् संगीत रहेको उक्त गीतलाई बिनोद बाजुरालीले एरेञ्ज गरेका हुन् । गीतको अडियो तथा भिडियो निकै नै उत्कृष्ट बनेको छ । सो गीतमा मोडलद्धय भिम खड्का, साया भण्डारी, पुष्पल शर्मा, राहुल रेग्मी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

उक्त म्युजिक भिडियोलाई निर्देशक देबेन्द्र कुवंरले निर्देशन गरेका हुन् । अमित चापागाईले सम्पादन गरेको उक्त भिडियोलाई दिपक गिरीले खिचेका हुन् ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया