प्रचण्ड-नेपाल समूहका विद्यार्थीले शंख बजाएर ओलीविरुद्ध गरे ‘स्वाहा’ !
२०७७ पुस १३ गते

काठमाडाैं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका विद्यार्थी संगठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध स्वाहा कार्यक्रम गरेका छन् ।
प्रधानमन्त्री ओलीले संविधान, पार्टी एकता एवम् उपलब्धिहरु सबै स्वाहा बनाएको भन्दै उनीहरुले ‘प्रधानमन्त्री ओली स्वाह’ भन्दै मन्त्र पढेर, शंख फुकेर सडकमा विराेध कार्यक्रम गरेका हुन् ।
विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा सहभागीहरूले असंवैधानिक कदम खारेजीको माग गर्दै पण्डितद्वारा स्वाहा कार्यक्रम गराएका हुन् । उनीहरूले ‘बयलगाडा स्वाहा,मूल्य र मान्यता स्वाहा,महाकाली स्वाहा,रेलगाडी स्वाहा, गणतन्त्र स्वाहा, लोकतन्त्र स्वाहा’ भन्दै मन्त्र उच्चारण जसरी व्यंग्य गरेका थिए ।
आज पनि ओलीको संसद विघटन कदमविरुद्ध देशैभर कांग्रेसको प्रदर्शन जारी छ ।
२०७७ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित








