प्रधानमन्त्री ओली र चिनियाँ टोलीबीच के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डलसँग भेट गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोलीसँग प्रधानमन्त्री ओलीसँग भेट गरेको हो ।

आइतबार साँझ भएको भेटमा चिनियाँ सहयोग र दुई देशको हितका विषयमा छलफल भएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । भेटमा येझाउले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा चिनियाँ राष्ट्रपति सि जिङपिङ, महासचिव र चिनियाँ प्रधानमन्त्रीले नयाँ वर्ष २०२१ का लागि दिएको शुभकामना सन्देश सुनाएका थिए ।

उनीहरूले दुई देश र दुई कम्युनिष्ट पार्टीबीच लामो समयदेखि परस्पर सम्बन्ध रहेको र आगामी दिनमा पनि जारी रहने बताएको भट्टराईको भनाइ छ । चार दिन भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डलले त्यसअघि आइतबार अपरान्हमै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरिसकेको थियो ।

प्रतिक्रिया