चन्द्रागिरि नगरपालिको आफ्नै दमकल र एम्बुलेन्स

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आफ्नै दमकल (बारुण यन्त्र) र नगर एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीको योजना अनुरूप दमकल र एम्बुलेन्स सञ्चालनमा ल्याइएकाे हाे ।
चन्द्रगिरि नगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले नेशनल फायरसेफ प्रालिबाट ई टेन्डर मार्फत् खरिद गरिएको उक्त दमकलको क्षमता ४५ सय लिटर पानी र पाँच सय लिएर फोम राख्न मिल्ने बताए ।
चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले नगरपालिकाभित्र आगजन्य विपत व्यवस्थापनमा नगरवासीले आफ्नै वारुण यन्त्रको सेवा लिन सकुन भन्ने ध्येयका साथ दमकल सुचारु गरिएको बताए । मेयर गिरीका अनुसार कुल ५२ लाखमा दमकल र १२ लाखमा एम्बुलेन्स सेवा सुचारू गरिएको हाे ।
नगरका प्रवक्ता हरिभक्त महर्जनले आम विपत र स्वास्थलाई ख्याल गर्दै नगरवासीका सेवा र सुविधालाई नागरिक स्तरसम्म पुर्याउन लागिएको बताए । आज नगर उपप्रमुख लिशा नकर्मी प्रशासकीय प्रमुख राजेन्द्र कार्की, समाजसेवी तथा सञ्चारकर्मी रोसन दानी, भुवन गिरी लगायतको उपस्थितिमा दमकल सेवा र प्रदर्शनी समेत गरिएको थियो ।








