‘प्रचण्ड पश्चताप’ : ‘केपी ओलीले भनेको कुरा खुरु–खुरु मान्नु मेरो गल्ती थियो’

काठमाडौं । असन्तुष्ट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको सबै कुरा मान्दै आउनु आफ्नो गल्ती भएको बताएका छन् ।

शुक्रबार बबरमहलस्थित कार्की बैङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुसँगको सवाल जवाफका क्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । ‘मेरो गल्ती अरु केही छैन’, दाहालले भने, ‘केपी ओलीजीले भनेको सबै कुरामा सहमति जनाउनु नै मेरो गल्ती थियो ।’

यस्तै फरक प्रसङ्गमा दाहालले आफूलाई निर्वाचन आयोग र सर्वोच्च अदालतमाथि पूर्ण विश्वास रहेको पनि बताए । उनले भने, ‘सबै निर्णयहरु संविधानअनुसार नै हुनेछन् । मलाई पूर्ण विश्वास छ ।’

 

प्रतिक्रिया