‘केपी बा’ प्रवृत्तिविरुद्ध जुध्नैपर्छ : माधवकुमार नेपाल

काठमाडौं । असन्तुष्ट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले ‘केपी बा’ प्रवृत्तिविरुद्ध नजुधे भोलिका दिनमा अप्ठ्यारो परिस्थिति आउने बताएका छन् ।

शुक्रबार बबरमहलस्थित कार्की बैङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले भनेका छन्, ‘आजको दिनमा केपी बा प्रवृत्तिविरुद्ध जुधिएन भने हामी आफैँ पनि सिद्धिन सक्छौं । भोलिका दिनमा अप्ठ्यारो आउन सक्छ ।’

केपी बा प्रवृत्तिले कम्युनिष्ट आन्दोलनलाई कहीँ पनि नपुर्याउने बताएका अध्यक्ष नेपालले कम्युनिष्ट सधैं विधि र नीतिमा चल्ने बताए । उनले थपे, ‘कम्युनिष्ट सधैं विधि र नीतिमा चल्छन् । केपी बामा त्यस्तो छैन र देखिएन ।’

प्रतिक्रिया