रक्तचापमा समस्या देखिएपछि अस्पताल भर्ना भए रजनीकान्त

एजेन्सी । बलिउड सुपरस्टार रजनीकान्त रक्तचाप समस्याका कारण अस्पतालमा भर्ना भएका छन् ।

रजनीकान्त अपोलो अस्पताल, हैदराबादमा भर्ना भएका छन् । उनी आज बिहान अस्पताल भर्ना भएका हुन् ।अस्पतालले एक प्रेस विज्ञप्ति जारी गरी उनको स्वास्थ्य अवस्था बारे जानकारी दिएको हो । पछिल्लो १० दिन उनी हैदराबादमा एक फिल्मको शुटिङ्गमा व्यस्त थिए ।

केहिदिन पहिला उनले कोरोना भाइरस टेष्ट गराएका थिए । तर, उनको कोरोना भाइरसको रिपोर्ट भने नेगेटिभ आएको थियो । अहिले उनको रक्तचाप एकदमै अस्थिर भइरहेको छ । थप अनुसन्धानका लागि अस्पतालमा भर्ना गरिएको छ । जबसम्म रक्तचाप सामान्यमा हुँदैन तबसम्म उनी अस्पतालमा नै रहनेछन् ।

प्रतिक्रिया