बागमती प्रदेश उद्योग वाणिज्य महासंघमा चितवनका बिसुराल र श्रेष्ठको दावी

चितवन । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पदाधिकारीमा चितवनबाट दुई जनाले दावी गरेका छन् । महासंघ बागमती प्रदेशको अधिवेशन पर्सि शनिबार काठमाडौमा हुदैछ ।

आगामी कार्यसमितिको उपाध्यक्षमा ज्ञानबहादुर बिसुराल र कोषाध्यक्षमा गुणराज श्रेष्ठले दावी गरेका हुन । रत्ननगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका बिसुराल महासंघको बर्तमान कोषाध्यक्ष हुन भने उद्योग वाणिज्य संघ खैरहनीको निवर्तमान अध्यक्ष रहेका श्रेष्ठ महासंघका सदस्य हुन ।

उनीहरुलाई सम्बन्धित संघले उक्त पदका लागि सिफारिस गरेका छन् । महासंघको विधानमा उम्मेदवार हुन सम्बन्धित संघले सिफारिस गर्नु पर्ने प्रावधान छ ।

चितवनबाट दावी पेश गरेका बिसुराल र श्रेष्ठले सम्बन्धित संघको कार्यकाल सफल रुपमा सम्पन्न गरेका थिए । महासंघमा अध्यक्ष ,उपाध्यक्ष ,एसोसिएट उपाध्यक्ष ,कोषाध्यक्ष र सदस्य गरि १३ सदस्यीय समिती चयन हुनेछ ।

१३ सदस्यीय मध्य ४ जना मनोनीत हुनेछन् । अधिबेशनमा बागमती प्रदेशका २० वटा उद्योग वाण्ज्यि संघ,११ एसोसिएट र ४ बस्तुगतका प्रतिनिधि गरि ३५ जनाले मताधिकार प्रयोग गर्नेछन् ।

प्रतिक्रिया