जीवनका रंगहरु पूनः फर्किने कुरामा विश्वस्त केकि

काठमाडौं । चलचित्र क्षेत्रमा बिगत नौ महिनादेखि लागेको ताल्चा यहि शुक्रबार दश गते अर्थात भोलीबाट खुल्ने भएकाे छ ।

भोलिदेखि देशैभरिका हलहरु सञ्चालनमा आउने भएका हुन् । लकडाउन हुनु अगावै सरकारले चलचित्र क्षेत्रलाई बन्द गराएको थियो । अझैसम्म पनि सरकारले हल खोल्ने बिषयमा कुनै चासो नदिँदा हलवालाहरु हल खोल्न बाध्य भएका हुन् । तर, सरकारले चलचित्र छायाँकन भने मंसिरको अन्तिमबाट खुल्ला गरिसकेको छ ।

पुष दश गतेदेखि हलहरु खोल्ने कुरामा अभिनेत्री केकि अधिकारी भने,थोरै भाबुक र पुकुलीत भएको बताउँछिन् । केकिले बिहिबार सामाजिक सञ्जाल फेसबुक मार्फत् चलचित्र भवन कार्यालय, विद्यालय र मन्दिर भएकोसमेत बताएकी छिन् ।

केकिले लेखेकी छिन्–‘चलचित्र भवन मेरो लागि कार्यालय हो, विद्यालय हो र मन्दिर पनि हो । मेरो आयस्रोत, मेरो ज्ञान र मैले प्राप्त गर्ने आशिषको मूल थलो धेरै समयदेखि बन्द थियो । यो शुक्रबार पौष १० गतेदेखि चलचित्र भवनहरु खुल्दैछन् । थोरै भावुक छु । थोरै पुलकित छु । जीवनका रंगहरु फर्किने कुरामा विश्वस्त पनि छु ।’

केकि सयौं दर्शकहरुसँगै बसि गलल हाँस्न, दृश्यमा डूबेर स्तब्ध भई सुँक्क आँशु झार्नकाे लागि ब्यग्र प्रतिक्षामा रहेको पनि बताएकी छिन् ।

उनी अगाडि लेख्छिन्–‘चलचित्र भवन भित्र मात्रै प्राप्त गर्न सकिने ती जादूमयी अनुभवको अवसर एउटा लामो अन्तरालपछि फेरि मिल्दैछ । सूरक्षित र सजग भई स्वास्थ्य सावधानी अपनाई आउनुहोस् यो क्षेत्रलाई पुनर्जीवन दिउँ । दूई नेपाली चलचित्रहरु आमा र सेन्टिभाईरस पुन प्रदर्शन हुँदैछ । सबैले सक्दो सहयोग गरिदिनुहोला ।’

 

प्रतिक्रिया