तीन जिल्लामा तीन जना मृत अवस्थामा फेला

काठमाडौं । विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीकाे बर्जु गाउँपालिका-३ फारम चोक नजिक हाल नाम, थर, वतन, नखुलेका करिब ५५ वर्षीय पुरुष मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी बाँकेकाे कोहलपुर नगरपालिका-६ बुद्धचोक डेरा गरी बस्ने कैलाली जानकी गाउँपालिका-४ घर भएका ४१ वर्षीय अर्जुन न्यौपाने आफ्नै डेरा कोठामा सुतिरहेको अवस्थामा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

यस्तै बाँकेकै नरैनापुर गाउँपालिका-१ लक्ष्मणपुरस्थित जंगलमा भारत श्रवस्ती बस्ने २५ वर्षीया राविया पठानिनको शव मंगलबार दिउँसो फेला परेको छ ।

यस सम्बन्धमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया