पल, नाजिर र वर्षा अभिनित चलचित्र ‘विर विक्रम २’ युट्युबमा सार्वजनिक (फिल्मसहित)

काठमाडौं । नायक एवम् मोडल पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटी अभिनित चलचित्र ‘विर विक्रम २’ युट्युबमा सार्वजनिक भएको छ । उक्त चलचित्र मंगलबार (आज) ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भएको सो चलचित्र बक्सअफिसमा भने, असफल भएको थियो । चाम्स इन्टरटेनमेन्ट र लण्डन सिनेआईको व्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता अर्पण सापकोटा हुन् ।

उक्त चलचित्रमा पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा एवम् संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, नवराज उप्रेतीको छायाँकन र बनिष शाहको सम्पादन रहेको छ ।

फिल्म यहाँ हेर्नुहोस्:

प्रतिक्रिया