आमासँग बसेर जन्मदिन मनाउँदै शिल्पा

काठमाडौं । चलचित्र ‘लज्जा’ बाट नेपाली रजतपटमा डेब्यू गरेकी अभिनेत्री शिल्पा पोखरेल आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । पोखरेललाई बिभिन्न माध्यमबाट जन्मदिनको सुभकामना दिनेहरुको ओइरो लागिरहेको छ ।

मोरङको बिराटनगरमा जन्मिएकी उनले यो भन्दा पहिलेका जन्मदिन भने राम्रै तरिकाले मनाउँदै आइरहेकी थिइन् । तर यसपटक भने अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै जन्मदिन नमनाउने सोच भएको उनले बताइन् । लामो समयदेखि आमालाई समय दिन नपाएको कारण आजको यो बिशेष दिनमा घरमै बसि खानेकुराहरु पकाएर आमालाई खुवाइरहेको पनि शिल्पाले बताइन् ।

शिल्पाले केहि वर्ष अगाडि निर्माता छबिराज ओझासँग बैबाहिक सम्बन्ध गाँसेकी थिइन् । तर त्यो सम्बन्ध भने लामो समयसम्म टिक्न सकेन । गत वर्ष श्रीमान छविराजले घरेलु हिंसा गरेको भन्दै अदालतमा सम्बन्ध विच्छेदकाे लागि निवेदन दिएकी थिइन् । अहिले यो मुद्धा अदालतमा विचाराधिन रहेको छ ।

छविकी जेठी श्रीमती हेमा ओझाले शिल्पा र छविविरुद्ध बहुविवाहको मुद्धा चलाएपछि जिल्ला अदालत काठमाडौंले यी दुवैलाई पक्राउ गर्न लागि आदेश दिएको थियो । तर, सर्वोच्च अदालतले उनीहरुलाई तत्काल पक्राउ नगर्न आदेश जारी गरेको हो ।

शिल्पाले भर्खरै मात्र भोजपुरी चलचित्रको छायाँकन सकाएकी छिन् । त्यस्तै उनको अर्को नेपाली चलचित्र ‘आर्या’ प्रदर्शनको तयारीमा रहेको छ । उनले हालसम्म तीन सयभन्दा बढी म्यूजिक भिडियो र ‘लज्जा, हवल्दार सुन्तली, किस्मत २, मंगलम’ लगायतका चलचित्रमा अभिनय पनि गरिसकेकी छिन् । उनै अभिनेत्री शिल्पा पोखरेललाई हाम्रो तर्फबाट पनि जन्मदिनको सुभकामना

प्रतिक्रिया