ओली पक्षीय केन्द्रीय कमिटी बैठकमा टोपबहादुर रायमाझीको ‘स्वागत मन्तव्य’
२०७७ पुस ७ गते

|ओली पक्षीय केन्द्रीय कमिटी बैठक। तस्वीरः प्रधानमन्त्री सचिवालय|
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा पहिलो वरीयता अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएका जानकारीअनुसार ९ बजेका लागि बोलाइएको बैठक केही ढिलो गरी शुरु भएको हो ।
बैठकमा पूर्वमाओवादी नेताहरुसमेत उपस्थित छन् । जसमा नेता टोपबहादुर रायमाझीले स्वागत मन्तव्य दिने कार्यक्रम रहेको छ । थापाका अनुसार नेता रायमाझीले स्वागत मन्तव्य दिने भएका हुन् । यसैगरी बैठकमा अर्का पूर्वमाओवादी नेता मणि थापासमेत सहभागी छन् ।
यता दाहाल–नेपाल पक्षले पनि दिउँसो १ बजेका लागि कार्की बैङ्क्वेट बबरमहलमा आफू निकटस्थ केन्द्रीय कमिटी बैठक बोलाएको छ । दाहाल–ओली एकअर्कालाई कारबाही गर्ने सुरमा पुगिसकेका छन् । जसको लागि दुवैको कारबाहीको पत्र निर्वाचन आयोग पुगिसकेको बताइएको छ ।
२०७७ पुस ७ गते
प्रतिक्रिया








