ज्ञान सुब्बाको ‘धरान शहर’ बोलको गीत सार्वजनिक

सुनसरी । गायक ज्ञान सुब्बाको आवाजमा बनेकाे ‘धरान सहर’ बोलको गीत बजारमा आएको छ । उक्त गीतलाई आज सुनसरीको धरानमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।
उक्त गीत गायक सुब्बाकाे युट्युब च्यानलबाट पनि हेर्न सकिन्छ ।
धरान तथा आसपासका पर्यटन क्षेत्रहरुको मनोरञ्जन दृश्यहरुलाई कैद गरिएकाे सो भिडियोमा हर्क चुम्बेको शब्द र जीवन भट्टराईको संगीत रहेको छ भने कुमार थापाले एरेञ्ज गरेका हुन् । म्युजिक भिडियोमा मोडलहरु रेखा लिम्बु, बिनोद बस्नेत, बादल श्रेष्ठ, जोयना लिम्बु, बिपना श्रेष्ठ, निशान लिम्बु र किरण श्रेष्ठको अभिनय रहेको छ ।
सो म्युजिक भिडियोमा सुनसरीको धरान, धनकुटाको भेडेटार, तमोर नदि किनार, कोशी टापु लगायतका स्थलहरुमा छायाङकन गरिएको गायक ज्ञान सुब्बाले जानकारी दिएका छन् । निर्देशक भुपेन्द्र तुम्बहाम्फेको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोलाई थैली ईन्टरटेन्टमेन्ट प्रालिले बजारमा ल्याएको हो ।








