अनुमति बिना गीत कभर गरेपछि पिडित पक्ष कानुनी प्रक्रिमा अगाडि बढ्दै

काठमाडौं । नेपाली सांगीतिक आकाशमा हिट गीतहरुको कभर भिडियो बन्ने क्रम चलिनै रहेको छ । तर, हिट गीतको कभर अडियो–भिडियो बनाउँदा गीतको वास्तविक सर्जक मर्कामा पर्छन् । त्यसैले गीतको एकाधिकार भएको कम्पनिलाई जानकारी गराई श्रोत र सौजन्य साभार गर्नु पर्ने हुन्छ ।

केहि दिन अघि सार्वजनिक भएको ट्रि–ईन्टरटेनमेन्टद्वारा निर्माण गरिएको निर्देशक दिपेश सापकोटा निर्देशित ‘आकाशैको छाना मुनि’ बोलको गीत सर्जकलाई जानकारी नगराई निर्माण गरेको सर्जक एवम् निर्माता ट्रि–ईन्टरटेनमेन्टले बताएको छ ।

गायक बिश्व नेपाली र गायिका अस्मिता परियारको स्वर रहेको गीतलाई निर्माण कम्पनीले ठुलै लागानीमा निर्माण गरेको थियो । गीतलाई फरक तरिकाले प्रेजेन्टेसन गरिएको थियो । तर, स्मारिका समारिका ढकाल युटुब च्यानलले भिडियो निर्माण गरेर सार्वजनिक गरेको छ । उक्त युट्युब च्यानलले बिना अनुमित कभर भिडियो निर्माण गरेर अपलोड गरेको ट्रि–ईन्टरटेनमेन्टले बताएको छ । आफ्नो एकाधिकार भएको गीत अन्यले प्रयोग गरेको थाहा पाएपछि कानुनी रुपमा अगाडि बढ्ने निर्माण पक्षले बताएको छ ।

प्रतिक्रिया