प्रिमियर लिग : टोटनह्याममाथि लेस्टरको जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले टोटनह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लेस्टर सिटीले टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

लेस्टरको जितमा जेम्स भार्डीले एक गोल गरेका थिए भने अर्को गोल टोटनह्यामका टोबी अल्डेरवेइरेल्डले आत्मघाती गोल गरेका थिए ।

योसँगै टोटनह्यामले प्रिमियर लिगमा लगातार दोस्रो खेलमा हार बेहोरेको छ । यस अघि टोटनह्याम लिभरपुलसँग पराजित भएको थियो । यो हारपछि टोटनह्याम लिगमा पाँचौ स्थानमा झरेको छ । टोटनह्यामको १४ खेलमा २५ अंक रहेको छ ।

त्यस्तै लेस्टर सिटी भने यो जितपछि दोस्रो स्थानमा उक्लिएको छ । लेस्टरको १४ खेलमा २७ अंक रहेको छ ।

प्रतिक्रिया