दर्शकबाट ‘जात्रै जात्रा’ लाई सकरात्मक प्रतिक्रियाको वर्षा

काठमाडौं । विश्वभरि फैलिएको कोरोना भाइरस महामारी रोक्नको लागि सरकारले गत चैत ११ गतेबाट लकडाउन गरेको थियो । लकडाउन हुनुपुर्व नै सरकारले चलचित्र क्षेत्रमा प्रतिबन्ध लगाएको हाे । बिगत नौ महिनादेखि चलचित्र क्षेत्रमा लागेको ताल्चा अझैसम्म पनि खुलेको छैन् ।

दु:ख सुखमा सबैलाई मनोरञ्जन चाहिन्छ नै ।दुःख सुख भुलाउनको लागि पनि दर्शकहरु हलमा चलचित्र हेर्न जान्थे । तर बिगत नौ महिनादेखि भने दर्शकले हलमा गएर मनोरञ्जन लिन पाएका छैनन् । अब भने यही पुष १० गतेबाट देशभरीका हल खोल्ने हल व्यवसायीहरुले घोषणासमेत गरेका छन् । कोरोना महामारीको समयमा हलमा प्रदर्शन भइसकेका चलचित्र दर्शकले यूट्युबमा हेरेर मनोरञ्जन लिइरहेका छन् ।

एक हप्ता अगाडि ओएसआर डिजिटलकाे युट्युुब च्यानलबाट सार्वजनिक गरिएकाे चलचित्र ‘जात्रै जात्रा’ लाई दर्शकले धेरै नै मन पराएका छन् । यो चलचित्र २ वर्ष अगाडि हलमा प्रदर्शन भएको थियो । चलचित्रले बक्सअफिसमा पनि बम्पर व्यापार गरेको हाे ।अहिले उक्त चलचित्रले यूट्युबमा पनि दर्शकबाट धेरै नै प्रसंशा पाइरहेको छ ।

चलचित्रकाे दर्शकले अभिनय, डाइलग, कथावस्तु र गीत संगीतको प्रसंशा गरेका छन् । त्यस्तै चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बनियाँ, राजाराम पौडेलको मुख्य भूमिका रहेको छ ।उक्त चलचित्रमा यज्ञश्वर पौडेल र सिंह लामाको लगानी रहेको छ भने प्रदिप भट्टराईको लेखन र निर्देशन रहेको छ । जसमा रविन्द्र सिंह बाँनिया कार्यकारी निर्माता रहेका छन् ।

लकडाउन भएपछि प्रदर्शन भइसकेका ‘पोइ पर्‍यो काले, ए मेरो हजुर ३, साइँली, प्रसाद, सेल्फी किङ, दाल भात तरकारी,क्याप्टेन, चंगा चेट, शुभ लभ लगायतका चलचित्रहरु युट्युुब रिलिज भए । जसलाई दर्शकले अत्याधिक रुचाएका थिए ।

प्रतिक्रिया