कलाकार संघको भवन शिलान्यास कार्य सम्पन्न

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको भवन शिलान्यास कार्यक्रम हिजो (शनिबार) सम्पन्न भएको छ । उक्त संघको भवन चन्द्रागिरी नगरपालिकाको नैकाप थानेटारमा निर्माण हुने भएको हो ।

उक्त संघको भवन शिलान्यास शहरी विकाश मन्त्री कृष्णगोपाल श्रेष्ठले गरेका हुन् । मन्त्री श्रेष्ठले कलाकार संघले आफ्नै भवन निर्माण गर्न लागेकोमा खुसी व्यक्त समेत गरेका थिए ।

भवनको शिलान्यास कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, हाँस्य कलाकार हरिबंश आचार्य, कृष्ण मल्ल, रमेश बुढाथोकी, दिनेश डिसी, शम्भु निरौला, कृष्ण ढुंगाना, मदुसुधन प्रधानलगायतको उपस्थिति रहेको थियो । अबको ६ महिनाभित्र भवन निर्माण कार्य सम्पन्न हुने बुझिएको छ ।

प्रतिक्रिया