ब्रेकिङ्ग– २३ बैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव
२०७७ पुस ५ गते

|प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिरः मकालु खबर|
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो २३ बैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।
संसद विघटनको सिफारिससहित शीतल निवास छिरेका ओलीले २३ बैशाखमा चुनाव प्रस्ताव राखेका छन् ।
यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न भने बाँकी छ ।
अहिले प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर संसद विघटनको सिफारिस राष्ट्रपतिसमक्ष पुर्याउने निर्णय गराएका थिए ।
यता सबै नेताहरुले भने ओलीको उक्त कदम असंवैधानिक भएको बताएका छन् । ओली इतर पक्षले भने सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी गरिरहेको छ ।
२०७७ पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित








