रोनाल्डोको दुई गोलमा युभेन्टसको सानदार जित

काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टसले पार्मामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले पार्मालाई ४-० ले पराजित गरेको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने अल्भारो मोराटा र डेजान कुलुसेभ्सकीले एक एक गोल गरेका थिए ।

यस खेलमा दुई गोल गरेसँगै रोनाल्डोले एक बर्षमा सिरीमा ३३ गोल गर्ने ५९ बर्षपछि पहिलो खेलाडी बनेका छन् । यसअघि सन १९६१ मा युभेन्टसकै फरवार्ड ओमार सिभोरीले एक बर्षमा सिरी ए मा ३३ गोल गरेका थिए ।

यो जितपछि युभेन्टसको १३ खेलमा २७ अंक भएको छ भने लिगको तेस्रो स्थानमा रहेको छ । त्यस्तै पार्माको भने १३ खेलमा १२ अंक रहेको छ ।

प्रतिक्रिया