कांग्रेस संसदीय समितिले भन्यो– ‘तत्काल संसद अधिवेशन बोलाउनुपर्छ’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल संसद अधिवेशन बोलाउनुपर्ने माग गरेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय समितिको बैठकले तत्काल संसद बैठक बोलाउनुपर्ने माग गरेको हो ।

बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने पनि निष्कर्ष निकालेको छ । ‘सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश असंवैधानिक छ । त्यो फिर्ता लिएर तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेका छौं ।’ कांग्रेस नेतृ पुष्पा भुसालले जानकारी गराइन् ।

नेतृ भुसालका अनुसार कांग्रेसले उखु किसानहरुको बाँकी भुक्तानी निर्धारित समयभित्र उपलब्ध गराउनु भन्दै सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

 

प्रतिक्रिया