एसिड आक्रमण पश्चात महिलाले भोग्ने पिडा र बदला रहेको ‘सानु’ बजारमा

काठमाडौं । सञ्चारकर्मी तथा कलाकार चिरञ्जिबी सापकोटा (जिबी चिरन) को नयाँ म्युजिक भिडियो सार्वजनिक भएकाे छ । गोविन्द मधुर आचार्यको संगीत एबम् स्वरमा रहेको ‘सानु’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हाे ।

जनता डिजिटलबाट सार्वजनिक गरिएको उक्त गीतमा यज्ञ बहादुर बुढाको शब्द  र मधुर आचार्यकै एरेञ्ज छ । गीतको भिडियोमा मोडलद्वाय उर्मिला रायमाझी र जिबी चिरनले श्रीमान श्रीमतीको भूमिका निर्वाह गरेका छन् ।

उक्त गीतमा निर्देशक मुनाल शिशिर कोइरालाले एसिड आक्रमण पश्चात महिलाले भोग्ने पिडा र बदला भावलाई प्रस्तुत गरेका छन् भने मिलन शंकरको छायाँकन रहेको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका हुन् ।

भिडियोलाई यहाँ हेर्न सकिन्छ:

प्रतिक्रिया