अमेरिकाको अलास्कामा भूकम्प, उद्धारको काम जारी

अमेरिकाको अलास्कामा ५.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ ।

अलास्का केन्द्रबाट १९१ किलोमीटर दक्षिणी क्षेत्रमा पर्ने स्यान्ट पोइन्टमा सो भूकम्पको केन्द्रबिन्दू रहेको बताइएको छ ।

यस भूकम्पको केन्द्रविन्दु आपपासकै इलाकामा १० किलोमिटर गहिराईमा रहेको जनाइएको छ । यस भूकम्पबाट भएको धनजनको क्षतिको बारेमा भने केही बताइएको छैन ।

भूकम्पपछि उद्धार अधिकारीहरुले उद्धारको काम गरिरहेका बताइएको छ ।

प्रतिक्रिया