रमेशराजको ‘बहुला–३’मा दुर्गेशको मनछुने अभिनय (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायक रमेशराज भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । गायक भट्टराइको स्वर शब्द –संगीत रहेको ‘बहुला ३–राजा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सो गीतलाई भट्टराईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हाे ।

यो भन्दा पहिला गीतका २ सिरिजलाई दर्शकले अत्याधिक मन पराएका थिए । २ सिरिजलाई दर्शकहरुले दिएको अथाह माया पश्चात भट्टराईले सो गीतकै तेश्रो सिरिज सार्वजनिक गरेका हुन् ।

गीतमा गायक तथा मोडल दुर्गेश थापा, सुप्रिमा भट्टराई र रविन्द्र फिचर्ड छन् । निर्देशक बिक्रम चौहानको निर्देशनममा तयार भएको सो गीतमा अजय रेग्मीको छायाँकन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ ।

भिडियोलाई यहाँ हेर्न सकिन्छ:

प्रतिक्रिया