चलचित्र ‘माया बस्छ कि के हो’ को फर्स्टलुक पोष्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘माया बस्छ कि के हो’ को फर्स्टलुक सार्वजनिक गरिएको छ । प्रेमकथामा आधारित रहेर निर्माण गरिएको चलचित्रको फर्स्टलुक आज नयाँ बानेश्वरमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको हो । पोष्टरसँगै एक रोमान्टिक गीत पनि सार्वजनिक गरिएको छ ।

पोष्टरमा चलचित्रका प्रमुख नायक सोनाल तामाङ र नायिका कस्मत निरौला फिचर्ड छन् । उक्त चलचित्रको शीर्ष गीत भने यही शुक्रबार यूट्युबमा सार्वजनिक गर्ने तयारीमा निर्माण टिम जुटेको छ ।

चलचित्रको गीतमा अर्जुन पोखरेलको शब्द एबम् संगीत रहेको छ भने सुगम पोखरेल र अञ्जु पन्तकाे स्वर रहेको छ । निर्देशक राजु अधिकारीद्धारा निर्देशित चलचित्रको निर्माता बहादुर सिंह तामाङ र गंगा गिरी रहेका छन् भने आरती अधिकारीले स्कृप्ट लेखेकी हुन् ।

उपेन्द्र थापा, नरेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की, तेजेन्द्र कँडेललगायतको अभिनय रहेको चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी, रवीन्द्र बरालको छायाँकन र विपिन मल्लको सम्पादन रहेको छ । चलचित्र बेल्जियम, स्वीजरल्यान्ड, नेदरल्यान्ड र काठमाडौं लगायतका ठाउँहरुमा छायाँकन गरिएको हो । सिनेमा हल खुलेपछि प्रदर्शन गर्ने तयारीमा निर्माण टिम जुटेको बताइएको छ ।

प्रतिक्रिया