हेमन्त कान्छाको ‘सम्झि किन रुन्थेँ म’ बजारमा (भिडियोसहित)

काठमाडौं । सर्जक तथा गायक हेमन्त कान्छा रसाईलीको नयाँ गीत सार्वजनिक भएको छ । हेमन्त कान्छा रसाईली र रचना रिमालको स्वरमा सजिएको ‘सम्झि किन रुन्थेँ म ’ बाेलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा विनोद बानियाँ (म्याग्देली) ले कोरेको शब्दमा गायक स्वयम्को संगीत र एरेञ्ज रहेको छ । सो गीतमा असफल प्रेम र विछोडपछिको पीडालाई समेटिएको छ । भिडियोमा कलाकार आशा खड्का,स्वयम् रसाईली र बिनोद राईको अभिनय रहेको छ । प्रेमी प्रेमिका विछोडपछि एक अर्कालाई सम्झेर छटपटिएको भूमिका हेमन्त र आशाले निर्वाह गरेका छन् ।

हेमन्तकै निर्देशनमा तयार भएको भिडियोलाई करण चैसिरले खिचेका हुन भने, मनोज कार्कीले सम्पादन गरेका हुन् ।

भिडियोलाई यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया