नरेश खातिको ‘तिम्रै मायाले’ बजारमा (भिडियोसहित)

काठमाडौं । गायक बिक्रम राना र गायिका समिक्षा अधिकारी, बिशाखा शाहिको कर्णप्रिय स्वरमा सजिएको ‘तिम्रै मायाले’ बाेलकाे म्युजिक भिडियाे बजारमा आएको छ । सो गीतलाई मेक्सम नरेशको अफिसियल युट्युुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा गायक तथा सर्जक नरेश खाति क्षेत्रीको शव्द तथा संगीत रहेको छ भने, स्याम स्वयत रसाइलीको एरेञ्ज एवम् मिक्सिङ रहेको छ । सो गीतको अडियो–भिडियो दुुबै निकै नै उत्कृष्ट बनेको छ ।

गीतमा नायक पल शाह टिकटक स्टार प्रिज्मा र प्रिन्सी खतिवडा फिचर्ड रहेका छन् । उक्त गीतमा कन्सेप्ट एवम् निर्देशन शिशिर खातिको रहेको छ भने, अर्जुन बैजुको कोरियोग्राफर र अर्जुन जिसीको सम्पादन रहेको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया