जबरजस्ती करणी गरेको अभियोगमा ७० वर्षीय वृद्ध पक्राउ

नुवाकोट । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

बेलकोटगढी नगरपालिका-४ डाँडाखर्क बस्ने ७० वर्षीय केदार बहादुर बासकोटालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । केदारले ती बालिकालाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको खबरपछि प्रहरी चौकी झिल्टुङ तिनपित्लेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।

प्रतिक्रिया