रामेछापकी मन्दिराले जितिन् ‘ग्लोकल टीन हिरो २०२०’ को उपाधि

काठमाडाैं । ‘ग्लोकल टीन हिरो २०२०’ को उपाधि रामेछापकी मन्दिरा श्रेष्ठले जित्न सफल भएकी छन् । सुश्री मन्दिरा श्रेष्ठ रामेछापकी १९ वर्षीया स्वास्थ्यकर्मी एवम् अभियान्ता हुन् । उनले ‘युपीआरमा बाल नेतृत्वको रिपोर्ट, २०२०’ को टीम लिडरको रूपमा काम गरेकी छिन् ।

उनी एकीकृत राष्ट्रिय किशोर किशोरी फोरमको सदस्यको रूपमा पनि सक्रिय रुपमा सहभागी भइरहेकी छिन् । त्यस्तै शिक्षामा महिलाको पहुँचका लागि काम गर्दै उनी ‘ट्री पद्ममा चाईल्ड क्लबमा’ सामाजिक स्वयमसेवककाे रुपमा काम गरिरहेकी छिन् । स्वास्थ्य क्षेत्रमा कामको अनुभव बटुलदै उनी एसआरएचआर क्षेत्रमा प्रशिक्षकको रुपमा पनि अग्रसर छिन् ।

उपाधि घाेषणासँगै ग्लोकलले डिसेम्बर ९, १० र ११ गतेका दिन वाई वाई ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन पनि भव्यताका साथ सम्पन्न  गरेकाे थियाे । राष्ट्रिय विकासका बाधाहरु र संसारका विविन्न मुद्दाहरुलाई बुझ्न किशोरकिशोरीहरुको लागि यो एक मौकाको रुपमा आयोजना गरिएको थियो । यस सम्मेलनमा राष्ट्रिय तथा अन्तरास्ट्रिय किशोरकिशोरीहरुको उपस्थिति रहेको थियो । यस वर्षकाे सम्मेलन ग्लोकलको चौथो संस्करण रहेको थियो भने अफगानिस्थान, भारत, बंगलादेश, इन्डोनेसिया, अमेरिका, श्रीलंका, पाकिस्तान तथा भियतनाम लगायतका देशहरुबाट उनीहरु सम्मेलनमा अनलाइन उपस्थिति जनाएका थिए । उक्त सम्मेलनमा किशोरकिशोरीको अनुभव, विचार छलफल तथा ३ छुट्टाछुट्टै प्यानल छलफल भएको थियो । प्यानल छलफलका विषय उद्यमशीलता, शसक्तिकरण तथा सामाजिक दृष्टिकोण रहेको थियो ।

प्रतिक्रिया