नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनको नँया कार्यकारी समिति गठन

काठमाडाैं । नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनमा बोर्डका अधिकृत गोपाल भण्डारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको छ । नँया कार्यसमितिको उपाध्यक्षमा सुरेन्द्र सिंह लामा, सचिवमा सीताराम दाहाल, कोषाध्यक्षमा शुशीला कुमारी बराल, सहसचिवमा राम प्रसाद लामिछाने रहेका छन् ।

यस्तै सदस्यहरूमा जयशत्ति शर्राफ, शिवराज पाण्डेय, विद्या गौतम र कल्याणी लामिछाने रहेका छन् ।

सो कार्यसमिति २०७७ मंसिर २६ मा आयोजित नेपाल पर्यटन बोर्डको एकल कर्मचारी युनियनको साधारण सभाबाट निर्वाचित भएको हो । युनियनका अध्यक्ष कुन्दन मिश्रको सभापतित्वमा, संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र सचिव यादव कोइरालाकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बोर्डका कार्यकारी समितिका सदस्यहरु दीपक महत तथा अवधेश कुमार दास अतिथिको रुपमा सहभागी भएका थिए ।

कार्यक्रममा मन्त्री योगेश भट्टराईले आशा गरिएको २०२० मा पर्यटन विकास तथा प्रर्वधनका कार्यहरू गर्न नसकिरँहदा २०२१ लाइ कसरी नेपाललाई विश्वमा नै आर्कषक गन्तव्यका रुपमा विकास गर्ने योजनामा बोर्ड तथा युनियनको नवीन योजनाको खाँचो रहेको बताए ।उनले कोराना महामारीको अन्त्यपछि अन्तराष्ट्रिय पर्यटनको क्षेत्रमा बाढी नै आउने भएको कारण सो अवसरलाई प्रयोग गर्न बोर्ड लाग्नुपर्ने निर्देशन दिँदै भने, ‘अब तपाईहरुलाई अन्तराष्ट्रिय पर्यटन बजारमा के गर्न सकिन्छ सो को कार्ययोजना बनाउने होमवर्क समेत दिन्छु ।’

कार्यक्रमको उदघाटन गर्दै युनियनका सचिव सन्तोष वित्रम थापाले नेपाल पर्यटन बोर्डको कर्मचारी युनियन एकल युनियन रहनुको पृष्ठभुमि, विगतको संकटको बेला पर्यटन पुनः उत्थानको बेला खेलेको रचनात्मक भुमिका र हाल महामारीमा गरेका कार्यहरुको जानकारी दिँदै स्वागत गरेका थिए ।

कार्यक्रममा युनियनका अध्यक्ष कुन्दन शर्मा मिश्रले नेपाल पर्यटन बोर्डको कर्मचारी यूनियनको तर्फबाट बोर्डको निर्देशक तह आवाधिक हुनुपर्ने एक सुत्रीय माग पेश गरेका थिए । बोर्डमा कर्मचारीहरुको वृति विकासका अवसरहरु पर्याप्त नहुँदा कर्मचारीहरु निरुत्साहित भएको हुनाले बोर्डमा अधिकृत तहमा सेवा प्रवेश गरेका आठौं तहका अधिकृतहरुले सेवा निवृत हुने समयसम्म कम्तीमा निर्देशक पदबाट निवृत हुने ब्यवस्था सुनिश्चत हुनुपर्ने माग सम्पूर्ण कर्मचारीहरुको हस्ताक्षर सहित मन्त्री, सचिव, कार्यकारी प्रमुख र बोर्ड कार्यकारी समिति सदस्यहरु समक्ष पेश गरिएकाे थियाे ।

प्रतिक्रिया