हिमालय मोटोराडले नेपालमा भित्र्यायाे इलेक्ट्रिक अटाे, यस्ता छन् विशेषता

काठमाडाैं । हिमालय अर्गनाइजेशन अर्न्तगतको हिमालय मोटोराड कम्पनीले केरला अटोमोवाइल्स लिमिटेडद्वारा भारतमा निर्मित Neem-G इलेक्ट्रिक अटाे नेपाली बजारमा भित्र्याएकाे छ । एक कार्यक्रमका बिच उक्त अटाे सार्वजनिक गर्दै कम्पनीले एक पटककाे फूल चार्जबाट १३० किलाेमिटर गुड्ने उक्त अटाेकाे विशेषता रहेकाे जनाएकाे छ ।

नेपालमा हाल साना तथा ठुला ईलेक्ट्रिक सवारी साधनहरु भित्रिने क्रम तीव्र रुपमा बढेको छ । डिजेल पेट्रोलबाट चल्ने सवारी साधनहरुको तुलनामा ईलेक्ट्रिक सवारी साधनहरु केही महंगो हुने भएता पनि समग्रमा सञ्चालन खर्च धेरै नै सस्तो पर्न जान्छ । जसले गर्दा अहिले नेपालका यातायात व्यवसायीहरू इलेक्ट्रिक सवारी साधनमा आकर्षित हुन थालेका छन् ।

यसै क्रममा हिमालय मोटोराडले उक्त अटाे नेपाल भित्र्याएकाे हाे । कम्पनीले नेपाल अधिराज्यभर आजदेखि बिक्री वितरणको शुभारम्भ समेत गरेको छ । यस ईलेक्ट्रिक अटोको संचालन खर्च ७५ पैसा प्रति किलोमिटर मात्र रहेको कम्पनीले जनाएकाे छ।

यस्तै ब्याट्रीमा ३ बर्ष वा १५०० लाईफ साईकलको वारेन्टी रहेको छ भने ३ घण्टा ५५ मिनेटमै सजिलै आफ्नै घरको प्लगमा जोडेर फुल चार्ज गर्न सकिने हिमालय मोटराडका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

एक कार्यक्रममा केरेला अटोमोवाइल्स कम्पनीका तर्फबाट आएका प्रतिनिधि फिरोज खानले सो कम्पनी र सवारी साधनहरुको बारेमा जानकारी गराएका थिए । उनले निकट भविष्यमा उक्त इलेक्ट्रिक अटोको ब्याट्रीमा ८ बर्ष सम्मको वारेन्टी दिनको लागि कम्पनीले काम गरिरहेको बताए ।

उक्त कार्यक्रममा हिमालय मोटोराडका निर्देशक सौरव थापाले उक्त सवारी साधनमा ३० डिग्री सम्मको उकालो सजिलै चढ्न सक्ने नेपालको बाटो सुहाउँदो, उच्चत्तम गति ५० कि.मि. प्रतिघण्टा, आकर्षक बनावटका साथै डिजिटल डिस्प्ले मिटर समेत रहेको जानकारी दिए ।

प्रतिक्रिया