इन्स्टाग्राम प्रयोगकर्ताहरुको सूची सार्वजनिक : १२औं स्थानमा विराट, २५औं स्थानमा अनुष्का

एजेन्सी । ग्लोबल डाटा कलेक्शन र एनालिसिस प्लेटफर्म हाइप अडिटर एजेन्सीले २०२० ग्लोबल इन्स्टाग्राम इन्फ्लुएन्सरहरूको सूची जारी गरेको छ । विराट कोहली र अनुष्का शर्मा यस सूचीमा शीर्ष २५ मा परेका छन् । ग्लोबल इन्स्टाग्राम प्रभावकारी २५ सूचीमा केवल तीन भारतीयले आफ्नो स्थान बनाउन सफल रहेका छन् ।

यस सूचीमा विराट १२ औं र उनकी पत्नी अनुष्का २५ औं स्थानमा रहेका छन् । विराट पहिलो भारतीय हुन्, जसले यो सूचीमा शीर्ष स्थान प्राप्त गरेका छन् । यी दुई बाहेक प्रधानमन्त्री नरेन्द्र मोदी यस सूचीको शीर्ष २५ स्थानमा रहेका तेस्रो भारतीय हुन् । उनी यस सूचीमा १९ औं स्थान छन् ।

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो ग्लोबल इन्स्टाग्राम इन्फ्लुएन्सरहरूको सूचीमा शीर्ष स्थानमा रहेका छन् भने काइली जेनर दोस्रो र केन्डल जेनर तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया