‘आशुको अर्थ ३’ मा आकाशको मनै छुने अभिनय (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायक शिव परियारको स्वर तथा संगीत रहेको ‘आँसुको अर्थ ३’ –तिमीले पो सक्यौ त’ सार्वजनिक गरिएको छ । गीतलाई गायक शिवकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा रवि अधिकारीको शब्द रहेको छ ।

यो भन्दा पहिला गीतका २ सिरिजलाई दर्शकले अत्याधिक मन पराएका थिए । २ सिरिजलाई दर्शकहरुले दिएको अथाह माया पश्चात शिवले साे गीतकै तेश्रो सिरिज सार्वजनिक गरेका हुन् ।

उक्त गीतको भिडियोमा चर्चित नायक आकाश श्रेष्ठ मुख्य भूमिकामा रहेका छन् भने, भिडियोमा नायिका स्वस्तिमा खड्कालाई पनि देख्न सकिन्छ । प्रेमिकाको बियोगमा छटपटिएको प्रेमीको भूमिका आकाशले निर्वाह गरेका छन् ।

जसमा निकेश खड्काको निर्देशन हरि हुमागाँइको छायाँकन र विकास धमलाको सम्पादन रहेको छ ।

भिडियाेलाई यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया