‘नारायणकाजीलाई कमानसिंह र हाइड्रोसँग जोडेर प्रचार नगरौं’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक विवादमा नतान्न आग्रह गरेका छन् ।

आइतबार बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले श्रेष्ठलाई कमानसिंह र हाइड्रोको विषयसँग जोडेर अनावश्यक प्रचार नगर्न आग्रह गरेका हुन् । श्रेष्ठले मिलाउने भूमिका मात्रै खेलेको बताएका अध्यक्ष दाहालले हल्लाको पछाडि नलाग्नसमेत भनेका छन । ‘अध्यक्ष प्रचण्डले लामाको निधनबाट शोकाकुल र दुःखित रहेको घडीमा लामा र हाइड्रो पावरसम्बन्धी सामान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रुपमा मुछेर भएका प्रचारको भ्रम नपर्न अनुरोध गरेका छन् ।’ बैठकको निर्णय सुनाउँदै श्रेष्ठ स्वयम्ले दाहाललाई उदृत गरेर भनेका छन् ।

आजको बैठक नेकपा नेता तथा पूर्वराजदूत कमानसिंह लामाको निधनको शोक प्रस्ताव पारित गर्दै सकिएको थियो । अर्को बैठक पुनः १ पुषमा बस्ने निर्णय भएको छ ।

प्रतिक्रिया