शोक प्रस्ताव पारितपछि सकियो नेकपा स्थायी कमिटी बैठक, पुनः १ पुषमा बस्ने

काठमाडौं । नेकपा स्थायी कमिटी बैठक सकिएको छ ।

आइतबार दिउँसो १ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक शोक प्रस्ताव पारितपछि आउँदो १ पुषमा बस्नेगरी सकिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवम् स्थायी कमिटी सदस्य सूर्य थापाका अनुसार बैठकमा ओली पनि सहभागी थिए ।

आजको बैठकले नेकपा नेता एवम् पूर्वराजदूत कमानसिंह लामाको शोक प्रस्ताव पारित गरेर आउँदो १ पुषमा बस्ने निर्णय गरेको हो ।

गत २१ गते शुरु भएको बैठकमा ओली उपस्थित थिएनन् । तर, आजको बैठकलाई भने दुवै अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

प्रतिक्रिया