नेकपा स्थायी कमिटी बैठक शुरु, ओली पनि सहभागी

काठमाडौं । नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक निर्धारित समयानुसार नै शुरु भएको हो ।

थापाका अुनसार ओली पनि बैठकमा सरिक छन् । गत २१ गते शुरु भएको बैठकमा ओली उपस्थित थिएनन् । तर, आजको बैठकलाई भने दुवै अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

स्थायी कमिटी बैठकमा नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ ।

मकालु खबरसँग स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डितले बताएअनुसार आज पूर्वनिर्धारित कार्यसूचीमाथि थल छलफल हुने छैन । ‘कमरेड कमानसिंह लामाको शोक प्रस्ताव पारित गरेर स्थागित हुने सम्भावना धेरै छ ।’ उनले भनेका छन् ।

प्रतिक्रिया