इन्भेष्टमेन्ट बैंकको एटिएम तोडफोड गर्ने पक्राउ

 

काठमाडौं । प्रहरीले इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङ शनिबार दिउँसो पक्राउ परेका हुन् ।

उनले उक्त एटिएम बुथ तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । तोडफोडबाट बुथको दाँया भागको शिशा फुटेको र एक थान सिसिटिभिमा क्षति पुगेको छ ।

यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया