कांग्रेस पूर्वसांसद शाहसहित १०९ जना नेकपामा प्रवेश, प्रचण्डले भने–‘राम्रो निर्णय लिनुभयो’ [भिडिओसहित]

काठमाडौं । नेपाली कांग्रेसकी पूर्वसांसद कौसर शाहसहित १०९ जना सत्ताधारी नेकपामा प्रवेश गरेका छन् ।

नेकपा मुख्यालय धुम्बराहीमा शनिबार (आज) एक कार्यक्रमबीच उनीहरुले पार्टी प्रवेश गरेका हुन् ।

कार्यक्रममा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले भनेका छन्, ‘आ–आफ्नो योग्यता, क्षमता र अनुभवको आधारमा पार्टीमा तपाईँहरुलाई जिम्मेवारी दिइनेछ ।’ यस्तै अध्यक्ष दाहालले कांग्रेसलाई परित्याग गरी नेकपामा प्रवेश गर्ने निर्णय गर्नु सही भएको समेत बताएका छन् ।

पूर्वसांसद शाह दोस्रो संविधानसभा निर्वाचन २०७० मा कांग्रेसको तर्फबाट मुस्लिम कोटामा सांसद बनेकी थिइन् ।

यसअघि सो कुराको जानकारी अध्यक्ष दाहालको सचिवालयले दिएको थियो ।

भिडिओ यहाँबाट हेर्नुस्ः–

प्रतिक्रिया