‘विश्वव्यापी यलम्बर संगीत ६’को ग्र्याण्ड फिनाले मङ्सिर २७ गते हुँदै

काठमाडौं । विश्वव्यापी अनलाइन यलम्बर संगीत प्रतियोगिताको छैठौं संस्करणको ग्र्याण्ड फिनाले आउँदो २७ मंङ्सिरमा संघीय राजधानी काठमाडौंमा हुने भएको छ ।

विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै भर्च्यूअल्ली रुपमा सञ्चालन गरिएको प्रतियोगितामा पहिलो चरणमा सहभागी १० देशका २ सय १३ जना प्रतिस्पर्धीहरुबाट अन्तिम प्रतिस्पर्धाको लागि उत्कृष्ट १० छानिसकिएको प्रतियोगिताका प्रचार-प्रसार विभाग संयोजक पदम थुलुङ राईले जानकारी दिएका छन् ।

उत्कृष्ट १० मा पर्नेहरुमा खोटाङका लकेश राई, प्रवृत्ति राई र मञ्जु राई, ओखलढुंगाका चाँदनी वाम्बुले राई र मनोजकुमार राई, सुनसरीका बिनु राई र सरिता राई, उदयपुरका पम्फा चाम्लिङ राई, धनकुटाका साङ्गेन राई र इजरायलबाट निलिमा साम्पाङ राई रहेका छन् ।

उत्कृष्ट १० प्रतिस्पर्धीहरुले ग्र्याण्ड फिनालेमासमेत आफ्नो गायन प्रतिभा अनलाइनबाटै प्रस्तुत गर्नेछन् भने कार्यक्रम किरात राई सांस्कृतिक कलाकार संघको आधिकारिक यूट्युब च्यानलमार्फत् प्रत्यक्ष रुपमा हेर्न सकिने आयोजकले जनाएको छ ।

किरात राई सांस्कृतिक कलाकार संघ केन्द्रीय कार्यसमितिले वार्षिक रुपमा राष्ट्रव्यापी गर्दै आएको प्रतियोगितालाई कोभिडका यो वर्ष विश्वव्यापी अनलाइन रुपमा सञ्चालन गरिएको पनि संयोजक राईले बताए ।

उनका अनुसार प्रतियोगितालाई सामाजिक–सांस्कृतिक जागरणका लागि अभियानका रुपमा सञ्चालन गरिँदै आएको संघका केन्दीय अध्यक्ष रामकर राईले बताए ।

प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र उत्कृष्ट दर्शक छनौटको विजेताले क्रमसः ३० हजार, १५ हजार, १० हजार र ५/५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै, प्रतियोगिताका विजेताले यलम्बर संगीत प्रतियोगिताका विजेताले हङकङमा सञ्चालन हुने यलम्बर साँझमा आफ्नो प्रस्तुति दिन पाउनेछन् ।

किरात राई यायोक्खा हङकङले हरेक वर्ष आयोजना गर्ने सो साँझमा यलम्बर संगीत प्रतियोगिताका विजेताले आफ्नो प्रस्तुति दिन पाउने संयोजक राईले बताए ।

यसैगरी उपविजेताले भने एउटा गीत रेकर्डिङ्गको मौका पाउनेछन् । यलम्बर संगीतको पहिलो संस्करणको उपाधी सागर संसार राईले जितेका थिए । यस्तै, दोश्रो संस्करण निश्चल राई, तेश्रो संस्करणमा नम्रता राईले उपाधी जितेकी थिइन् ।

प्रतिक्रिया