चलचित्र ‘तिम्रो मेरो कहानी’ मा केकी र निराजन अनुुबन्ध
२०७७ मंसिर २५ गते

काठमाडौं । अभिनेत्री केकि अधिकारी र निराजन प्रधान अब एकसाथ नयाँ चलचित्रमा देखिन लागेका छन् । उनीहरु चलचित्र ‘तिम्रो मेरो कहानी’ मा देखिन लागेका हुन् ।
चलचित्रलाई निर्देशक विशाल भण्डारीले निर्देशन गर्ने भएका छन् । ‘कोहलपुर एक्सप्रेस’ पछि ‘कमेडी च्याम्पियन’ सुरु गरेका उनी अब भने नयाँ चलचित्रको निर्माणमा जुटेका छन् । थ्री प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रका लागि भने अन्य कलाकारको पनि खोजी भइरहेको छ ।
हाल चलचित्रको स्क्रीप्ट र गीत–संगीतमा काम भइरहेको छ । केकि र निराजनले पहिला केहि म्युजिक भिडियोमा एकसाथ काम गरेका थिए । तर चलचित्रको पर्दामा भने उनीहरु पहिलो पटकसँगै देखिन लागेका हुन् ।
२०७७ मंसिर २५ गते
प्रतिक्रिया
सम्बन्धित








